Buddhabhumikhabar

रवि लामिछानेलाई तीन वर्ष कैद हुन सक्ने !

  • 'प्रेसपास लिनुभन्दा जुत्ता पालिस गरेर बस्छु'-रवि

    छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पुऱ्याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेको छ । ‘न्युज ट्वान्टी फोर’ टेलिभिजनमा जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई लोकप्रिय त बनाएको छ तर प्रेस काउन्सिल नेपालमा परेको उजुरी तथा यस सम्बन्धमा गृह र सञ्चार मन्त्रालयबीच भइरहेको पत्राचारको व्यहोरा हेर्दा लामछिाने कानुनी कारबाहीको भागी बन्ने सम्भावना देखिएको हो ।

    कुमुद लोहनी र लक्ष्मण विकको नाममा प्रेस काउन्सिलमा परेको उजुरीमा रवि लामिछानेमाथि व्यक्तिको घर–कार्यालयमा बलजफ्ती घुस्ने गरेको र उनी विदेशी नागरिक भए पनि वर्कपरमिट नलिईकन नेपालमा अवैध रूपले काम गरिरहेको आरोप लगाउँदै उनलाई कानुनीबमोजिम कारबाही गर्न माग गरिएको छ । उजुरी परेपछि प्रेस काउन्सिलले छानबिन तथा कारबाहीको आवश्यक प्रक्रिया अघि बढाएको छ । हालसम्मको छानबिन तथा अनुसन्धानबाट रवि लामेछानेले तीनवटा कानुन उल्लङ्घन गरेको दाबी प्रेस काउन्सिलको छ ।

    काउन्सिलको एक सूत्रले जनाएअनुसार लामिछाने विदेशी (अमेरिका) नागरिक हुन् र उनले नेपालमा कुनै पनि काम गर्न ‘वर्कपरमिट’ लिनुपर्नेमा अहिलेसम्म लिएका छैनन् । दोस्रो, उनले प्रेसपास लिएका छैनन् र तेस्रो, लामिछानेले प्राप्त गरेको ‘नाता भिसा’ लिएर नेपालमा कुनै पनि काम गर्न पाइँदैन ।

    उजुरीमाथि छानबिनका क्रममा रवि लामछिानेले प्रेस काउन्सिललाई दिएको जवाफले काउन्सिल र सिङ्गै सञ्चार मन्त्रालयलाई स्तब्ध र आश्चर्यचकित बनाएको छ । लामिछानेले काउन्सिललाई लेखेको पत्रमा उनले भनेका छन्, ‘म विदेशी नागरिक होइन । नेपाल सरकारको गृह मन्त्रालयबाट बस्ने भिसा लिएको छु । अर्को कुरा म पत्रकार होइन, भइसकेको छैन । म एक कार्यक्रम सञ्चालक हुँ । कार्यक्रम सञ्चालकहरूले मात्र होइन धेरै पत्रकारले समेत प्रेसपास लिएका छैनन् ।’

    काउन्सिलका पदाधिकारीमाथि आक्रोश प्रकट गर्दै लामिछानेले पत्रमा लेखेका छन्, ‘मानिसलाई ब्ल्याकमेलिङ गरेर आत्महत्यासमेत गर्नुपर्ने स्थितिमा पु¥याएको मानिस पत्रकारिताको नाममा लुट्ने ढोंगी हो भन्ने कुरामा मृत्युपर्यन्त विश्वास गर्छु र ढोंगीहरूले पठाएको पत्रलाई आगामी दिनमा प्राथमिकता दिन्नँ । मेरो अमेरिकी पासपोर्ट फिर्ता गर्ने प्रक्रिया अघि बढिसकेको र चार वर्षदेखि नियमित रूपले नेपाल बस्ने गर्दै आएको व्यहोरा अवगत गराउन चाहन्छु । उनान्सय प्रतिशत जनताले स्यावासी दिएको टेलिभिजन कार्यक्रम नेपालको इतिहासमा बनेकै छैन । ज्यानको बाजी लगाएर अहोरात्र खटेर लाखौँ जनताबाट पाएको स्यावासीमा मैले गर्व गर्न पाउनुपर्छ । अहिलेको अवस्थामा प्रेस पास लिनभन्दा म यो पेसा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न तयार छु ।’

    लामिछानेले प्रेस काउन्सिलको पत्रलाई यसरी जवाफ दिएपछि काउन्सिलले कारबाहीका निम्ति कानुनी प्रक्रिया द्रुत गतिमा अघि बढाएको बुझिएको छ । यसैक्रममा अध्यागमन विभागले मंगलबार (असार ५ गते २०७५) प्रेस काउन्सिललाई पत्र लेखी रवि लामिछानेले जुन काम गरिरहेका छन् त्यस्तो गर्न नपाउने स्पष्ट गरेको छ । चलानी नं. १५२७ को पत्रमा अध्यागमन विभागले लेखेको छ ‘…अमेरिकी राहदानी नम्बर ५१२९६६९८१ बाहक रवि लामिछानेलाई यस विभागबाट सन् ०४ अक्टोबर २०१८सम्म अवधि रहेको गैरपर्यटक (नातेदार) भिसा जारी गरिएको छ ।

    लामिछानेले काउन्सिललाई लेखेको पत्रमा उनले भनेका छन्, ‘म विदेशी नागरिक होइन । नेपाल सरकारको गृह मन्त्रालयबाट बस्ने भिसा लिएको छु । अर्को कुरा म पत्रकार होइन, भइसकेको छैन । म एक कार्यक्रम सञ्चालक हुँ । कार्यक्रम सञ्चालकहरूले मात्र होइन धेरै पत्रकारले समेत प्रेसपास लिएका छैनन् ।’

    साथै अध्यागमन नियमावली २०५१ को दफा २० को (१) मा यस नियमावलीबमोजिम पर्यटक र परिवारको सदस्यका हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउनेछैन र ऐऐको (२) मा ‘यस नियमावलीबमोजिम भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यका निमित्त भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको जानकारीका लागि आदेशानुसार अनुरोध छ ।’

    गृह मन्त्रालयले मिति २०७४ पुस १३ गते एक पत्र (च.नं. १०३१) लेखि सञ्चार मन्त्रालयसँग राय मागेको थियो । शाखा अधिकृत चन्द्रप्रसाद बस्यालले दस्तखत गरी सञ्चार मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘नाता भिसाको आधारमा गैरपर्यटकीय भिसा प्राप्त गरी अमेरिकी नागरिक मिस्टर रवि लामछिाने (पासपोर्ट नम्बर ५१२९६६९८१) लाई मिडिया क्षेत्रमा रही कार्य गर्ने सहमति दिने सम्बन्धमा तहाँको राय–प्रतिक्रिया उपलब्ध गराइदिनुहुन आदेशअनुसार अनुरोध छ ।’

    गृह मन्त्रालयको यस्तो पत्रको जवाफ दिँदै मिति २०७४ पुस २५ गते सञ्चार मन्त्रालयले लेखेको पत्र (च. नं. २०५) मा भनिएको छ, ‘न्युज ट्वान्टी फोरमा काम गर्न चाहेका मिस्टर रवि लामेछानेलाई काम गर्ने सम्बन्धमा राय–प्रतिक्रिया माग भइआएकोमा नेपाली मिडियामा काम गर्ने नेपालमै पर्याप्त जनशक्ति रहेको व्यहोरा मिति २०७४/९/२१ मा नेपाल सरकार राज्यमन्त्रीस्तरीय निर्णयअनुसार अनुरोध गर्दछु ।’ गृह मन्त्रालयलाई लेखिएको यस्तो व्यहोरामा सञ्चार मन्त्रालयका शाखा अधिकृत सुरेशबाबु घिमिरेले दस्तखत गरेका छन् ।

    विदेशी नागरिकता भएका व्यक्तिले यसरी वर्क परमिट नलिईकन काम गरेको पुष्टि भएमा आगामी भदौ १ गतेदेखि लागू हुने ‘वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरसम्बन्धी कानुन’अनुसार रविलाई कारबाही हुने सम्भावना छ ।

    सूचना विभागले २०७४ चैत १ गते प्रेस काउन्सिललाई पत्र लेखी ‘रवि लामिछाने न्युज ट्वान्टी फोरले यस विभागबाट प्रेस प्रतिनिधि प्रमाणपत्र प्राप्त गरेको अभिलेखमा नदेखिएको’ भनेको थियो । सूचना विभागले नै गत जेठ ३ गते प्रेस काउन्सिललाई अर्को एउटा पत्र लेखी ‘श्रमजीवी पत्रकार ऐन २०५१ को पहिलो संशोधनको दफा ‘२ घ’ मा श्रमजीवी पत्रकार भन्नाले सञ्चारसम्बन्धी सेवालाई प्रमुख व्यवसाय बनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण या आंशिक समय काम गर्ने व्यक्ति सम्झनुपर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने, कार्यक्रम निर्माता, निर्देशक, सञ्चालक, दृश्य या भाषा सम्पादकसमेतका व्यक्तिलाई जनाउँछ’ भनी स्पष्ट गरेको छ ।

    सो पत्रमा ‘न्युज ट्वान्टी फोर टेलिभिजनले मिति २०७४ असार १ गते आर्थिक वर्ष २०७४÷०७५ का लागि दरबन्दी र श्रमिजीवी पत्रकारको नाम थर रवि लामिछाने, पद वरिष्ठ कार्यक्रम संयोजक तथा वरिष्ठ प्रस्तोता, नियुक्तिको किसिम स्थायी’ उल्लेख भइआएको व्यहोरा अनुरोध छ भनी शाखा अधिकृत रूपा विकले दस्तखत गरेकी छिन् । यस पत्रबाट रवि लामिछाने न्युज ट्वान्टी फोर टेलिभिजनका स्थायी सञ्चारकर्मी भएको स्पष्ट गर्दछ । विदेशी नागरिकता भएका व्यक्तिले यसरी वर्क परमिट नलिईकन काम गरेको पुष्टि भएमा आगामी भदौ १ गतेदेखि लागू हुने ‘वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरसम्बन्धी कानुन’अनुसार रविलाई कारबाही हुने सम्भावना छ । अनुमतिबिना कसैको तस्बिर खिच्न र अरूको आवासमा अनुमतिबिना प्रवेश गर्न नहुने व्यवस्था उक्त कानुनले गरेको छ । यसमा व्यक्तिलाई तीन वर्ष कैद र तीस हजार जरिवानामध्ये कुनै एउटा या दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

    के अब रवि लामिछानेलाई तीन वर्ष कैद र तीस हजार जरिवाना तिराउने सजाय हुन सक्ला त, जिज्ञाशाको विषय बनेको छ । यस्तो स्थिति उत्पन्न भएमा घटना दुःखदायी मानिनेछ । कानुनी प्रावधानअनुरूप अघि बढ्न लामिछानेले तत्परता लिएको अवस्थामा भने सम्भावित दुर्घटना टर्ने विश्वास गर्न सकिन्छ ।-ghatanarabichar.com

     

     

    Continue Reading »

  • Continue Reading »


    मुख्य खबर »

    • लिची उत्पादनमा कमी हुँदा १ करोड घाटा

      अघिल्लो वर्ष १ लाख ५० हजार भन्दा वढि लिची बेचेकी च्यूरेककी भारती बिकले यो वर्ष भने कतिपनि बिक्री गर्न नपाएको बताइन् । उनले यो वर्ष धेरै फल लागेकाले २ लाख भन्दा वढि लिची उत्पादन हुन Continue Reading »

    • बजेटसम्बन्धी छलफल नभएकोमा उद्योगीको गुनासो

      उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेर नीति निर्माण नगरिए मुलुक समृद्ध हुन नसक्ने भन्दै उनले बजेट करमुखि भएको उल्लेख गरे । उनले पनि बजेट ल्याउनु अघि प्रदेश सरकारले यहाँका उद् Continue Reading »

    • सेनाले लगाएको घाउमा सेनाकै मलम

      बिद्यालयमा आर्थिक अबस्था कम्जोर भएका बिद्यार्थीहरुले पढ्दै आएको बिद्यालयमा आर्थिक अबस्था कम्जोर,स्रोतसाधनको कमीले निकै कष्टपूर्ण अबस्थामा सञ्चालन रहेको भन्ने सुनेपछी सहयोगका Continue Reading »



    राष्ट्रिय समाचार »

  • सिद्धार्थ राजमार्ग फेरि अवरुद्ध

    सडक अवरुद्ध भएपछि यो सडकखण्डमा अहिले कुनै पनि गाडी चलेका छैनन् । विहीबार राति परेको पानीले पहिरो खसेको हो । सडक अवरुद्ध भएपछि यो सडकखण्ड भएर आवत–जावत गर्ने यात्रु समस्यामा परेका छ Continue Reading »

  • हजारबाट व्यवसाय लाखौँ कारोबार

    ‘२०६५ सालमा जम्मा दुई हजारबाट चिया पसल सुरु गरेकी हुँ’–पन्थले भनिन्– ‘अहिलेसम्मको कमाईले हाल ४० लाख पर्ने बुटवलमा एउटा घडेरी र हालै अर्को घडेरी किनेकी छु ।’ उनले विभिन्न वचत समुहस Continue Reading »

  • एसइई परीक्षाको नतिजा ढिलो आउने

    परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोस्रो सातामा मात्रै नतिजा प्रकाशित गर्न Continue Reading »

  • अाज एघाराैँ गणतन्त्र दिवस

    गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताउनुभएको छ । सन्दे Continue Reading »

  • ८१६ कैदीलार्इ माफी

    २०७४ फाल्गुन ३ मा प्रदेश सरकार गठन हुँदाको समयमा प्रदेश सरकारले झण्डै शुन्य संरचनाको जगमा खडा भएको थियो । भौतिक संरचना र साधनश्रोतको न्यूनता, सीमित जनशक्ति र संगठन संरचनाको प्रवन्ध Continue Reading »

  • स्तानिय समाचार »

  • बुटवलमा एक्स बार रेष्टुरेण्ट

    ग्रील अक्टोपस, अक्टोपस इन व्ल्याक विन सस, प्राउन कक्टेल लगायतका परीकार रेष्टुरेन्टको मुख्य परिकार हुने पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । Continue Reading »

  • रुपन्देहीमा पोखरीमा डुबेर चार बालिकाको मृत्यु

    नुहाउन पोखरीमा गएका मसिनाका ९ वर्षकी अविदा खतुन, १० वर्षकी साहिमा खातुन र मुविना खातुन तथा १४ वर्षकी साहिया खातुनको ज्यान गएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । Continue Reading »

  • खेत जोत्दाजोत्दै मृत्यू

    विहान करीब ११ः३० बजे आफ्नै खेत जोत्ने क्रममा ट्याक्टर पल्टिंदा स्थानिय १८ बर्षिय सर्वजित गडेरियाको मृत्यू भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरिक्षक पुरुषोत्तम राउत क्षे Continue Reading »

  • पत्रकार थापाको ‘फ्रन्ट फिगर’ लोकार्पण

    हिलेको र अहिलेको पत्रकारितामा धेरै भिन्नता आइसकेको भन्दैं उहांले पुस्तकले पत्रकारिता क्षेत्रमा निखारता ल्याउन टेवा पु¥याउने बताउनुभयो । Continue Reading »

  • बुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रम

    विश्वशान्ति बुद्ध विहार र नेपाल मगर संघ सुनवल–१ ले संयुक्त आयोजनामा एक समारोह बीच २५६२औं बुद्ध जयन्ती मनाएका छन् । विश्व शान्ति विहारका अध्यक्ष मोतीलाल बुढाठोकीको अध्यक्षता र स Continue Reading »


  • अर्थ »

    नयाँ ब्यवस्थापनका साथ बुटवलमा सुजुकीको वर्कशप

    असार ५,
    बुद्धभूमि 
    बुटवल  । नेपालका लागि  सुजुकी मोटर साइकलको बिक्रेता भिजि  अटोमोबाइल्सको बुटवलको लागि आधिकारिक बिक्रेता आर.एस.अटोमोबाइल्सले  बुटवलमा अत्याधुनिक वर्कशप सञ्चालनमा ल्याएको छ । 
     
    अटोमोबाइल्सले ग्राहकको सुबिधालाई मध्यनजर गर्दै बुटवल –१०कालिकानगरमा सुबिधा सम्पन्न सुजुकी मोटरसाइकल तथा स्कूटरको नयाँ ब्यवस्थापनका साथ वर्कशप सञ्चालनमा ल्याएको छ । 
     
    यसबाट बुटवल तथा आस–पासका जिल्लाहरुका ग्राहकहरुले प्रतक्ष्य रुपमा फाइदा लिन सक्ने वर्कशपका प्रबन्ध निर्देशक रेशम खड्काले बताए । 
     
    Continue Reading »

    तिनाउ बैंकद्धारा विभिन्न क्षेत्रमा सहयोग

    त्यस्तै समाजिक उत्तरदायित्व अन्र्तगत भवन निर्माणको लागि आर्थिक सहयोग वापत बैंकले उत्कृष्ट राजयोग सभागृह निर्माण समिति बुटवललाई रुपैंया 51,001/-र श्री सिद्धवावा दुर्गा भवानी Continue Reading »

    हाेङ्सी-शिवमले थाल्याे सिमेन्ट उत्पादन

    नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम् सिमेन्टले सिमेन्ट उत्पादन सुरु गरेको छ । दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरी कम्पनीले परीक्षण उत्पादन सुरु गरेको कम Continue Reading »

    भारतीय भू.पू.लाई पेन्सन बितरण सुरु

    क्याम्पलाई मध्यनजर राखेर स्थानिय तथा जिल्लाबाहिरबाट बिभिन्न व्यापार लिएर तम्घास आउने गर्नाले पनि चपहपहल वढने गर्दछ । क्याम्प अबधीर दिउँसोको समयमा मदिरा बेच बिखन तथा सेवन नगर Continue Reading »


    बिज्ञान-प्रबिधि»

    नयाँ ब्यवस्थापनका साथ बुटवलमा सुजुकीको वर्कशप

    असार ५,
    बुद्धभूमि 
    बुटवल  । नेपालका लागि  सुजुकी मोटर साइकलको बिक्रेता भिजि  अटोमोबाइल्सको बुटवलको लागि आधिकारिक बिक्रेता आर.एस.अटोमोबाइल्सले  बुटवलमा अत्याधुनिक वर्कशप सञ्चालनमा ल्याएको छ । 
     
     
    अटोमोबाइल्सले ग्राहकको सुबिधालाई मध्यनजर गर्दै बुटवल –१०कालिकानगरमा सुबिधा सम्पन्न सुजुकी मोटरसाइकल तथा स्कूटरको नयाँ ब्यवस्थापनका साथ वर्कशप सञ्चालनमा ल्याएको छ । 
     
     
     
      यसबाट बुटवल तथा आस–पासका जिल्लाहरुका ग्राहकहरुले प्रतक्ष्य रुपमा फाइदा लिन सक्ने वर्कशपका प्रबन्ध निर्देशक रेशम खड्काले बताए । 
     
    Continue Reading »

    मोबाइल सुरक्षाका जानकारी टिप्स ।

    मोबाइल मानिसका लागि अत्यावश्यक वस्तुको रूपमा स्थापित भइसकेको छ । आजभोलि ठूलादेखि साना बच्चासम्मले स्मार्टफोन प्रयोग गर्छन् । यद्यपि, मोबाइल सुरक्षामा ध्यान नदिँदा चाँडै बिग्रने, स् Continue Reading »

    बुटवल मण्डपमा क्यान इन्फोटेक सुरु

    बुटवलमा मण्डपमा प्रविधि मेलाको उद्घाटन गर्दै उनले ५ नं.प्रदेशलाई प्रविधिको क्षेत्रबाट विशेष रुपमा अघि बढाई समुन्नत बनाउने बताए । उनले भने ‘ दैनिकजसो प्रयोग र आवश्यक रहने प् Continue Reading »

    ७ सय ३५ रुपैयाँमा आईटेलको फाइबर इन्टरनेट

    यस्तै ५ एमविपिएस गतिको अनलिमिटेड इन्टरनेट १ हजार १ सय २०रुपैयाँमा उपलब्ध गराउने जानकारी दिएको छ। कम्पनिले आफ्नो बार्षिक ग्राहकको लागि निशुल्क जडान समेत गर्दै आएको छ। Continue Reading »

    यसकारण गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान

    गाईलाई खाना खुवाइसकेपछि वैज्ञानिकहरुले यो फिस्टुला (प्वाल पारिएको भाग) को मद्दतले शरीरमा पाचन प्रक्रिया कसरी भइरहेको छ भन्ने थाहा पाउन सक्छन् । यसले गाईलाई केही असहजता महशुस नहुने Continue Reading »


    मनोरञ्जन»

    विश्व संगीत दिवसको अवसरमा बुटवलमा साँकृतिक तथा स्रष्टा सम्मान कार्यक्रम हुने

    असार ५,
    बुद्धभूमि 
    बुटवल । विश्व संगीत दिवसको अवसरमा बुटवलमा असार ७ गते विविध साँकृतिक तथा स्रष्टा सम्मान कार्यक्रम हुने भएको छ । प्रत्येक वर्ष जुन २१ तारिखमा पर्ने विश्व संगीत दिवस यस वर्ष नेपालमा असार ७ गते परेकाले सो दिन बुटवलमा विविध साँस्कृतिक कार्यक्रम गरेर संगीत दिवस मनाउन लागिएको हो ।
     
    सप्तक संगीत विद्यालय बुटवलले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि आफ्नोआयोजना तथा नृत्यकर्मी संघ नेपाल , रुपन्देहीको सहयोगमा कार्यक्रम गर्न लागिएको जानकारी गराएको हो । विद्यालयका प्रवन्ध निर्देशक देवराज गैह्रेले विश्व संगीत दिवसको सम्झना र संगीतको महत्व दर्शाउनका लागि कार्यक्रमको आयोजना गरिएको जानकारी बताए ।
     
     
    सो कार्यक्रममा लोकदोहोरी, आधुनिक, अग्रज, वाद्यबाधन, उद्घोषण, पत्रकारीता, नृत्य, ब्याण्ड लगायतका विधामा १२ जनालाई सम्मान गरिने गैह्रेले बताए । उक्त कार्यक्रम सम्पन्न पार्नका लागि गैह्रेकै संयोजकत्वमा नौ सदस्यीय स्रष्टा छनोट समिति बनाइएको छ । जसको सहसंयोजकमा नृत्य कर्मी संघका अध्यक्ष अनु रजक रहेका छन् । विविध साँकृतिक तथा स्रष्टा सम्मान कार्यक्रम असार ७ गते देविनगरस्थित चौपारीमा खुल्ला रुपमा हुने सदस्य सुमन श्रेष्ठले जानकारी  दिए ।
     
    Continue Reading »


    मिस्टर एण्ड मिस टिनको उपाधि सन्तोष र मोनिकालाई

  • मस्ट ट्यालेन्टको उपाधि रोशन शाह र सुरभी श्रेष्ठ र मस्ट डिसिपिलीनको उपाधि सुरभी श्रेष्ठले जितेका छन् । त्यस्तै भ्यूअर्स च्वाइसतर्फ जिसन मिया र दिक्षा थापा छनौट भए भने मोस्ट Continue Reading »

  • साहित्य »


    अन्तर्वार्ता»

    मोडलिङमा टिक्न अभिनयसँगै संघर्ष र निरन्तरता चाहिन्छ : मोडल राज के.सी

    ‘राम्रो छ , हेन्डसम छ, राम्रो अभिनय गर्दछ आदि । ’ सामान्यतया एउटा मोडलको बारेमा सर्वसाधारणले अड्कल गर्ने विशेष्ता हुन् । यि अर्कोतर्फ  नयाँ पुस्ता कुनै लक्ष्य , सिकाई र उद्देश्य बिना नै मोडलिङ क्षेत्रमा प्रवेश गर्दछन् भन्ने सोँच छ । तर, यि सबै सामान्य सोँचका अपवाद हुन् । मोडल राजे के.सी. । पछिल्लो समयमा जल्दोबल्दो र विश्वव्यापी रुपमा महत्वपूर्ण रहेको ‘मार्केटिङ’ विषयमा स्नाकोत्तर गरेका उनी मोडलिङमा सफल छन् । त्यती मात्र नभई अन्तराष्ट्रिय सामाजिक संस्थामा सक्रिय हुँदै उनी नेतृत्वमा पनि रहेका छन् ।
     
    तीन दशक पार गरेका मोडल राज के.सी.ले तीन दर्जन जती म्यूजिक भिडियोमा अभिनय गरेका छन् । गायक श्रीनिवास चौधरीको भोजपुरी गीतबाट अभिनय यात्रा सुरु गरेका उनले हालसम्म आधुनिक  र लोकगीतमा अभिनय गरेका छन् । करिब एक दशकको यात्रामा उनले मोडलिङमा सफल मात्र भएनन् चर्चित पनि बने । कलाकारतिा,त्यसमा पनि  पुरुषतर्फ मोडलिङको भविष्य नदेखिने नेपाली म्यूजिक भिडियोको अभिनय क्षेत्रमा राजको यात्रा रोकिएन । एकपछि अर्को गर्दै निरन्तर उनी अभिनित म्यूजिक भिडियो सार्वजनिक हुँदै आएका छन् । पछिल्लो समयमा पुर्वेली भाकामा रहेको ‘गैरी लसुन...’गीतमा अभिनय गरेका उनले यसै क्षेत्रमा निरन्तरता दिने बताए । छोटो समयमा निरन्तर र धेरै म्यूजिक भिडियोमा अभिनय गरेका राज के.सी.सँग बुद्धभूमिका एन.बी.कंडेलले गरेको कुराकानी :
     
     
     तपाईको अनुभव र भाषामा मोडलिङ के हो ?
    –गीतको शब्द र भाव अनुसार आफूलाई ढालेर वास्तविकताको महसुश गराउन सक्नु अभिनय वा कलालाई मोडलिङ भनिन्छ । जहाँसम्म मेरो अनुभव छ, जुन गीतको भाव बुझिन्छ त्यसमा मात्र अभिनय गर्ने गरेको छु । अर्कोतर्फ मोडलिङ रुचि र पेशा पनि हो । जसमा लगनशिल भएर व्यसायिक रुपमा गर्न सकियो भने कलाकारितासँगै जिविकोपार्जन गर्ने आधार पनि बन्न सक्छ । 
     
    तर, मोडलिङ भन्दा बित्तिकै शारिरिक रुपमा आकर्षक भएकाहरुले अभिनय गर्ने भन्ने छ भने अर्कोतर्फ यसबाहेक देखिने रहरले मात्र अझ  भनौ आँफै लगानी गर्नेहरुको वर्चश्व छ नि ? 
    –यो यथार्थ हो । केही गायकले गीत तयार गर्दछन् । उनीहरुसँग  म्यूजिक भिडियो निर्माणका लागि लगानी नहुँदा उनीहरुले लगानीकर्तालाई नै प्राथमिकता दिन्छन् । मोडलिङमा  कस्तो व्यत्तित्व भन्ने कुरा गीत र उक्त गीतले दिन खोजेको सन्देशमा भर पर्दछ । आकर्षक हाउ–भाउ भन्दा पनि मर्म अनुसार जिवन्त अभिनय गर्ने मोडलको महत्व हुन्छ । कतिपय रहरले आफै लगानी गरेर मोडल बन्न आउँछन् र रहर पूरा गर्छन् । तर, उनीहरु मोडल बन्दैनन् । 
     
    नेपाली समाजमा मेरो छोरा मोडल बनोस् भन्ने अभिभावक पाइँदैनन् । अन्य पेशा जस्तै यो पेशामा सामाजिक रुपमा आकर्षण किन नबढेको होला ?
    –मुख्यतयाः यो  क्षेत्र पूर्ण व्यवसायिक बन्न नसक्नु हो । अर्कोतर्फ कला र कलाकारितालाई अन्य मुलुकमा जस्तो व्यवसायिक रुपमा नलिनु हो । रहर र मनोरञ्जनको माध्यम मात्र सोँच्नाले यस्तो भएको हो । तर, विस्तारै परिवर्तन हुँदैछ । पछिल्लो समयमा नेपाली अभिभावकले मेरो छोरा–छोरी खेलाडी बनोस् , गायक बनोस् ,नृत्यकार बनोस् भन्न थाल्नु भएको छ । अब मोडल बनोस् भन्ने दिन पनि आउँछ । 
     
    तपाईको व्यत्तिगत अवस्था र सफलताका अनुसार कत्तिको सन्तुष्टि हुनुहुन्छ र , यसबाहेक अन्य कुन पेशा तथा व्यवसायमा आवद्ध हुनुहुन्छ ?
    मैले  कहिल्यै यो पेशालाई रहर र विकल्प मात्र  मानिन । अर्कोतर्फ म यसैमा पूर्ण समय दिने र भरपर्ने पनि गरिन । यसो भनिरहँदा मैले यस पेशालाई फुर्सदको पेशा पनि बनाइन । पेशा जुनसुकै होस् । लगन , इमान्दारिता र निरन्तरता हुनु पर्दछ । मैले ति गर्दै आएको छु । जसले गर्दा म अन्य काम वा पेशामा पनि सहभातिा जनाएको छु । मैले यस पेशाबाट धेरै सिके । अर्को कुरा मोडल स्क्रिनमा मात्र होइन । वास्तविक जीवनमा पनि रोल मोडल हुनुपर्छ भन्ने लागेर म सामाजिक क्षेत्रमा पनि कार्यरत छु । 
     
    प्रसङ्ग ल्याउनुभयो । यस विषयमा पनि कुरा गरौं । सामाजिक क्षेत्रमा पनि चलेको नाम हो ‘ राज के.सी.’ कुन–कन र कस्ता –कस्ता संस्थामा आवद्ध हुनुहुन्छ ?
    –म लायन्स क्लब बुटवल सिटीको अध्यक्षको भूमिका निर्वाह गरिरहेको छु । विभिन्न संघसंस्थाहरुमा सहयोग तथा अन्य कार्यक्रमहरु गरिरहेका छौं । नियमित रक्तदाता समाजको आजिवन सदस्य छु । लगाएत आधा दर्जन संघसंस्थामा प्रतक्ष्य एवम् सक्रिय रुपमा आवद्ध छु । 
     
     
    भविष्य नदेख्ने तर, यो क्षेत्रमा आउन चाहाने युवाहरुको लहर छ । उनीहरुलाई के भन्न चाहानुहुन्छ ? 
    –भविष्य एउटा कल्पना र विश्वास हो । तर, यथार्थ पछि नै थाहा पाइन्छ । तर, त्यो भविष्यको कल्पनासँगै निर्माण गर्न चाहानेले आँफै लगानी गररे भन्दा पनि पेशा र अभिनय बारे बुझेर  र सिकेर आत्माविश्वास र संघर्षका साथ निरन्तर लाग्नु पर्दछ । 
     
    आगामी योजनाहरु के–कस्ता रहेका छन् ?
    –कलाकारितालाई निरन्तरता दिँदै सामाजिक क्षेत्रमा पनि सक्रिय योगदान पु¥याउने योजनाछ । साथै जुनसुकै पेशा वा संस्थामा रहेपनि प्राप्त सफलतालाई दिगो राख्न आवश्यक हुन्छ । मेरो पहिलो प्राथमिकता अभिनय र सामाजिक क्षेत्रमा जति गरेको छु त्यसलाई संस्थागत गर्ने रहेको छ । र , आगामी दिनमा थप योगदान र प्राप्ती नै मेरो लक्ष्य हो । 
     
     
     
     
     

     

    Continue Reading »


    दश वर्षदेखि भरपर्दो परामर्श दिँदै आएका छौं : निर्देशक पौड्याल

  • विगत १० वर्षदेखि सञ्चालनमा आएको यस संस्थाले भारतमा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि पुलको भूमिका निर्वाह गर्दै आएको छ । Continue Reading »

  • खेलकुद»

    जर्मनीका ‘क्रेजी फ्यान’: जग्गा बेचेरै बनाए साढे पाँच किलोमिटर लामो जर्मनीको झण्डा

    जेठ २९
    विश्वकप सुरु हुन अब २ दिनमात्र बाँकी रहेको छ । यसको सरगर्मी लगातार बढीरहेको छ । विश्वभर रहेका फ्यानहरुबारे पनि अजबगजबका घटनाहरु बाहिर आइनै रहेका छन् । एक यस्तै घटना सामाजिक सञ्जालमा भाइरल भएको छ । एक बंगलादेशी समर्थकले साढे ५ किलोमिटर लामो जर्मनीको झण्डा घरमा नै बनाएर सबैलाई आश्यर्चमा पारेका छन् ।
     
    जर्मनीका फ्यान रहेका अम्जाद हुसेन नाम गरेका ६९ वर्षीय ति फयानले यस्तो अनौठो कार्य गरेर सबैलाई आश्चर्यमा पारेका हुन् । सन् २००६ को विश्वकप पछि उनले कालो, रातो र पहेंलो रंगको कपडा जोड्दै आएका थिए ।यसपटकको विश्वकप सुरु हुन अघि भने उनले सो झण्डालाई अझ ठूलो बनाउन चाहिने कपडा खरिद गर्न आफ्नो जग्गा समेत बिक्री गरेको मिडिया रिपोर्टमा उल्लेख छ।
     
    उनले बनाएको झण्डाको लम्बाई २ किलोमिटर लामो रहेको थियो। उनले भनेका छन्,यदि विश्वकप फुटबलमा जर्मनी दोस्रो चरणमा पुग्छ भने सो झण्डाले स्थानीय क्षेत्रमा रहेको रंगशालालाई घेर्ने लामो झण्डा बनाउनेछु । -एजेन्सी
    Continue Reading »


    आज अन्तिम खेल खेल्दै सन्दिप

  • इण्डियन प्रिमियर लिग आईपीएलमा नेपाली क्रिकेटर सन्दिप लामिछाने आज पनि खेल्दै छन् । आज सन्दीपले मुम्बई इन्डियन्सविरुद्ध बलिङ गर्नैछन् । यो सन्दिपको आईपीएलमा तेस्रो तथा यस सिजनको अन् Continue Reading »



  • स्वास्थ्य/जीवनशैली »

  • रक्तदान सम्बन्धि भ्रम र सत्य

    रक्तदान गर्नाले अन्य व्यक्तिको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहन्छ । सामान्यतया एउटा व्यक्तिको शरीरमा छ लिटर -करिब दश युनिट) रगतको उत्पादन हुने गर्दछ । Continue Reading »

  • यी कारणले पुरुषको कपाल झर्ने गर्छ

    यसका लागि गेडागुडी, खैरो भात खाने, भिटामिन बी कम्प्लेक्स प्रयोग गर्न सकिन्छ । कपाल झर्ने समस्याका कारणहरुमा मनोवैज्ञानिक समस्या, ब्याक्टेरियाको संक्रमण, केमोथेरापी, पौष्टिक तत्वको Continue Reading »

  • अन्तराष्ट्रिय समाचार»

  • ट्रम्पका वकिलले लिए ‘चार लाख डलर’ घुस !

    युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोको मध्यस्थकर्ताको भूमिका खेलेका व्यक्तिहरूले उक्त रकमको व्यवस्थापन गरेकाे बिबिसीले लेखेकाे छ । तर अमेरिकी कानूनले आवश्यक ठानेको युक्रेनी सरकार Continue Reading »

  • बोको हरामको नियन्त्रणमा रहेका ५३ जनाको उद्धार

    उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरुलाई अपहरणमुक्त गराएको हो । सेनाले ३३ महिला, १६ बालबालिका र चार जना पुरुषलाई अपहरण मुक्त गराएको अधिकारीहरुले जनाएका छन् । Continue Reading »